सम्पत्ति विवरण गोप्य राख्न नहुने सांसद न्यौपानेको धारणा

काठमाडौं , असोज ८ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजानिक गर्ने व्यवस्था गर्न माग गरेका छन ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले सम्पत्ति विवरण गोप्य राख्न नहुने बताए । सम्पत्ति गोप्य राख्ने व्यवस्थाले सुशासन, पारदर्शिता र जवाफदेहिता कमजोर हुने उनले बताए । संवैधानिक नियुक्ति पाएका व्यक्ति तथा न्यायाधीशको सम्पत्ति विवरणसमेत सार्वजनिक हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए । उनले पहुँच भएका व्यक्तिको सम्पत्ति गोप्य राख्ने र सर्वसाधारणको सम्पत्तिमाथि भने विभिन्न प्रश्न उठ्ने अवस्थाले भ्रष्टाचार नियन्त्रणमा चुनौती सिर्जना गर्ने उनको भनाई छ ।
उनले संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशहरुले पारदर्शिता, जवाफदेशीता र जिम्मेवारी बोध गर्नुपर्ने बताए । सम्पत्ति विवरण पारदर्शिता, सुशासन र जवाफदेहितासँग प्रत्यक्ष जोडिएको विषय भएको उनको भनाई छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



