Global TV Logo
लोड हुँदैछ...

एमालेद्वारा काठमाडौंमा सदस्यता नवीकरण तथा विस्तार कार्यशाला

B
Binita Thapa
२०२६-०६-०३, ०३:०८ AM
होमपेज/समाचार
एमालेद्वारा काठमाडौंमा सदस्यता नवीकरण तथा विस्तार कार्यशाला

जेठ २० -  नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला हुँदैछ ।

काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने कार्यशाला बिहाना ११ बजे सुरु हुने जनाइएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए । पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू ९भारत प्रवाससमेत०, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको आचार्यले बताए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ। एमालेले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ। कार्यशालामा एमालेको संगठनको समग्र बस्तुस्थितिबारे संगठन विभागका प्रमुख भानुभक्त ढकालले कार्यपत्र प्रष्तुत गर्ने, सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रष्तुत गर्ने तयारी छ ।

सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरेर छलफल र प्रष्तुतिकरण समेत गर्ने कार्यसूची रहेको आचार्यले बताए । कार्यशालाको भोलि महासचिव शंकर पोखरेलले समापन गर्ने कार्यक्रम छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com