Global TV Logo
लोड हुँदैछ...

विगतभन्दा सडक सुरक्षामा धेरै काम भएको : मन्त्री लम्सालको दाबी

S
Sristi Thakuri
२०२६-०६-१८, ०९:५१ AM
होमपेज/विशेष समाचार
विगतभन्दा सडक सुरक्षामा धेरै काम भएको  : मन्त्री  लम्सालको दाबी

काठमाडौँ, असार ३ - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूको तुलनामा सडक सुरक्षामा उल्लेख्य रूपमा बढी ध्यान दिएको दाबी गरेका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सडक दुर्घटना रोक्न नसकेको भन्दै भइरहेको आलोचनाबीच सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको स्पष्ट पारे।

मन्त्री लम्सालका अनुसार सरकारले ४ वर्षे सडक सुरक्षा कार्ययोजना लागू गरिसकेको छ। उनले उक्त योजना अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि संरचनागत सुधार र व्यवस्थापकीय कदमहरू अघि बढाइएको जानकारी दिए।

उनले आगामी तीन वर्षभित्र देशका सबै जिल्ला सदरमुकाम जोड्ने एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने लक्ष्यसमेत सरकारको रहेको बताए।

मन्त्री लम्सालले सडक पूर्वाधार विस्तारसँगै सडक सुरक्षालाई दीर्घकालीन र व्यवस्थित बनाउनेतर्फ सरकार केन्द्रित रहेको दाबी गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com