Global TV Logo
लोड हुँदैछ...

कर्णालीका समस्या समाधानसँगै भक्तपुर घटनामा न्यायको माग गर्दै सांसद् बराल

S
Sristi Thakuri
२०२६-०८-०७, ०९:११ AM
होमपेज/विशेष समाचार
कर्णालीका समस्या समाधानसँगै भक्तपुर घटनामा न्यायको माग गर्दै सांसद् बराल

काठमाडौं , साउन २२ - नेकपा एमालेकी सांसद् यसोदा बरालले भक्तपुरमा भएको कुटपिटको घटनामा ज्यान गुमाएका कालिकोटका राज कार्कीका हत्यामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् बरालले विश्वकप फुटबलको अन्तिम खेल हेर्न भक्तपुरको घ्याम्पे डाँडा पुगेका बेला दुई समूहबीच भएको झडपमा कालिकोटका राज कार्कीको मृत्यु भएको उल्लेख गरिन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद् बरालले कर्णाली प्रदेशका नागरिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आए पनि ती समस्याको प्रभावकारी समाधान हुन नसकेको बताइन्। उनले कर्णालीका बासिन्दाको पीडा अझै पनि उस्तै रहेको भन्दै सरकारले विकास, पूर्वाधार र आधारभूत सेवामा विशेष ध्यान दिनुपर्ने धारणा राखिन्।

उनले वर्षायामसँगै बढेका पहिरोका कारण कर्णालीका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावत तथा दैनिक जनजीवन प्रभावित भएको जानकारी पनि संसद्लाई गराइन्। प्रभावित क्षेत्रमा सडक सञ्चालन, उद्धार तथा राहतका कामलाई तीव्रता दिन सरकारसँग उनले आग्रह गरिन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com