सांसद कर्णको प्रश्न– राष्ट्रिय सभाले कुन कानून निर्माणमा अवरोध गर्यो?

काठमाडौं ,भदौ २५ - नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको हो ? भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गरेकी छन ।
बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद कर्णले मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नहुँदा कानून बनाउन पाएनौँ भन्दै हिँडेको आरोप पनि लगाइन । मन्त्री गौतमले केही दिन अघि राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएको कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरिन । सांसद कर्णले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन । उनले सबै तहका न्यायालय हुँदाहुँदै पनि नाागरिकले समयमा न्याय पाउन नसकेको बताइन । उनले मुद्दा फैसलाको प्रक्रिया समेत लामो भएका कारण नागरिकले न्याय पाउन नसकेको बताइन ।
सांसद कर्णले फैसला कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा जोड दिइन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



