काठमाडौंमा घरभाडाको मनपरीप्रति सांसद रमेश परसाईको आपत्ति, मापदण्ड बनाउन सरकारसँग माग
S
Sristi Thakuri२०२६-०७-१४, ०७:१६ AM

काठमाडौं, असार ३० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश परसाईले काठमाडौं उपत्यकामा घरभाडा निर्धारणमा देखिएको मनपरी प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परसाईले सार्वजनिक यातायातको भाडा सरकारले मापदण्डका आधारमा निर्धारण गरेजस्तै घरभाडाका लागि पनि स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह गरे।
उनले घरधनीहरूले आफूखुसी भाडा निर्धारण गर्दा काठमाडौंमा रोजगारी, अध्ययन तथा दैनिक जीविकोपार्जनका लागि बसोबास गर्ने सर्वसाधारण ठूलो आर्थिक दबाबमा परेको बताए।
‘मेरो घर, मेरो मर्जी’ भन्ने तर्क आउन सक्ने उल्लेख गर्दै उनले व्यक्तिगत सम्पत्तिको अधिकारसँगै नागरिकको आवास पहुँच र जीवनयापनको सवाललाई पनि राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।
लोकप्रिय खबर
लोड हुँदैछ...



