Global TV Logo
लोड हुँदैछ...

आर्थिक अनियमिततासम्बन्धी उजुरीमा गम्भीर बन्न लेखा समितिलाई सांसदहरूको आग्रह

S
Sristi Thakuri
२०२६-०८-०३, १२:४१ PM
होमपेज/विशेष समाचार
आर्थिक अनियमिततासम्बन्धी उजुरीमा गम्भीर बन्न लेखा समितिलाई सांसदहरूको आग्रह

काठमाडौं , साउन १८ -  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आफूकहाँ दर्ता भएका १७ वटा उजुरीमाथि अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको समितिको बैठकले उजुरीहरू सांसदहरूलाई अध्ययनका लागि वितरण गर्दै प्रारम्भिक छलफल गरेको हो।

छलफलमा सांसदहरूले आर्थिक अनियमितता, भ्रष्टाचार तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित उजुरीलाई प्राथमिकताका साथ टुंग्याउनुपर्नेमा जोड दिएका छन्। रास्वपाका सांसद विपिनकुमार आचार्यले वर्षौंसम्म उजुरी टुंगो नलाग्ने प्रवृत्ति अन्त्य गर्दै समितिले उजुरीलाई समग्र सुधारको दृष्टिकोणबाट हेर्नुपर्ने बताए। यस्तै 

एमालेका सांसद गणेश सिंह ठगुन्नाले सार्वजनिक सम्पत्तिको दुरुपयोग र आर्थिक अनियमितताका विषयमा लेखा समिति गम्भीर हुनुपर्ने उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।

रास्वपाका सांसद खगेन्द्र सुनारले सरकारी निकायसँगै एनजीओ, आईएनजीओ तथा विभिन्न संघसंस्थामा हुने अनियमिततामाथि पनि समितिले प्रभावकारी निगरानी गर्नुपर्ने बताए।

समितिमा परेका १७ वटा उजुरीको प्रकृतिअनुसार उपसमिति गठन गरी थप अध्ययन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। सांसदहरूले अदालत र अख्तियारमा विचाराधीन विषयसमेत अध्ययन गरी कानुनी प्रक्रियालाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com