Global TV Logo
लोड हुँदैछ...

३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, संसदमा सांसदहरूको आक्रोश

S
Sristi Thakuri
२०२६-०८-१९, ११:३२ AM
होमपेज/विशेष समाचार
३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, संसदमा सांसदहरूको आक्रोश

काठमाडौं , भदौ ३ - बाराको जितपुरसिमरा–१ दसधुरीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद डा. शाहजान खातुनले घटना मानवतामाथिको कलंक भएको बताउँदै बालिका तथा महिलामाथि हुने यौन हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइन । उनले अपराधीलाई कुनै पनि आधारमा उन्मुक्ति दिन नहुने बताउँदै कडा कानुनी सजायको माग  गरिन् । 

यस्तै रास्वपाका सांसद रहबर अन्सारीले घटनामा प्रहरी प्रशासनबाट लापरबाही भएको आरोप लगाउँदै प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गर्न र दोषी प्रहरीमाथि समेत कारबाही गर्न माग गरे ।

जितपुरसिमरा–१ की मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। मंगलबार उनको शव एउटा घरको खाली कोठामा फेला परेको थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com