नारायणप्रसाद दाहाल: ग्लोबल साउथका देशको साझा लाभका लागि बीआरआई महत्वपूर्ण

काठमाडौं , असोज २ - राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बीआरआई ग्लोवल साउथका देशहरुको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन ।
काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका छन । दाहालले बीआरआईले ग्लोवल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको पनि बताए । उनले करिव १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरेका छन ।
दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने पनि बताएका छन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



