राष्ट्रिय सभा बैठक अवरुद्ध, बुधबारसम्म स्थगित
S
Sristi Thakuri२०२६-०६-०२, ०८:४१ AM

राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतका केही क्षेत्र मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर माफी माग्नुपर्ने माग गर्दै सांसदहरूले मंगलवारको बैठकमा विरोध र अवरोध गरेपछि बैठक अवरुद्ध भएको हो।
सांसदहरूको निरन्तर अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि सभाको कामकारबाही प्रभावित बनेको छ। यसै क्रममा बैठकलाई बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो।
बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई राजनीतिक रूपमा अपरिपक्व टिप्पणी गरेको आरोप समेत लगाएका थिए।
लोकप्रिय खबर
लोड हुँदैछ...



