एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते काठमाडौंमा, ३ हजार १६४ जना सहभागी हुने

काठमाडौँ ,असोज २८ - नेकपा एमाले राष्ट्रिय भेलाको तयारीमा जुटेको छ ।
एमाले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीमा जुटेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीका नीति,पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको जानकारी दिएका छन् । राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १ सय ६४ जना सहभागी हुने बताइएको छ । भेलामा पार्टीका ३ सय ४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा प्रदेश भूगोलका आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् । पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५ सय ६ जना सहभागी हुने बताइएको छ । यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १ सय ५५ जना र स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा अध्यक्ष, उपमेयर तथा उपाध्यक्षपनि सहभागी हुनेछन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...


