Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइँदै

B
Binita Thapa
२०२६-०९-०७, ०३:५४ AM
होमपेज/समाचार
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइँदै

भादौ २२ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि मृतकप्रति सम्मान प्रकट गर्न सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com