Global TV Logo
लोड हुँदैछ...

देशभक्त र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक : ज्ञवाली

S
Sristi Thakuri
२०२६-०६-१७, ०८:१८ AM
होमपेज/विशेष समाचार
देशभक्त र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक : ज्ञवाली

काठमाडौँ, असार ३ - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा दर्शन, विचार र नीतिगत बहस क्रमशः कमजोर बन्दै गएको बताएका छन्। बुधबार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तक परिचर्चा कार्यक्रममा उनले सामाजिक सञ्जालका छोटा पोस्ट र अभिव्यक्तिमा विचार सीमित हुँदै गएको उल्लेख गरे।

भारतका दार्शनिक देवीप्रसाद चट्टोपाध्याय को भनाइ उद्धृत गर्दै ज्ञवालीले दर्शनको आवश्यकता बढिरहेका बेला त्यसप्रतिको रुचि घट्नु चिन्ताजनक भएको बताए। उनले समाज र देशको विकास विचार, संस्था र प्रणालीभन्दा ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य स्थापित गर्न खोजिएको आरोप पनि लगाए।

ज्ञवालीले मुलुकमा पपुलिजम, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्ति बढ्दै गएको दाबी गर्दै राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक वातावरणमाथि दबाब सिर्जना भइरहेको बताए। वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले ट्रेड युनियन, विद्यार्थी तथा नागरिक अधिकारहरू कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे।

उनले देश जटिल परिस्थितितर्फ अघि बढिरहेको भन्दै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगले सहकार्य र एकता आवश्यक रहेको बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com