Global TV Logo
लोड हुँदैछ...

नेपालले पनि केही जमिन मिचेको छ : प्रधानमन्त्री शाहको संसद्मा दाबी

S
Sristi Thakuri
२०२६-०५-३१, ०८:२२ AM
होमपेज/राजनीति
नेपालले पनि केही जमिन मिचेको छ : प्रधानमन्त्री शाहको संसद्मा दाबी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले उक्त विषयमा दुवै देशबीच टेबल टक आवश्यक रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा नेपालले पठाएको कूटनीतिक पत्रको भारतबाट जवाफ समेत आएको जानकारी दिए।उनका अनुसार लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि निरन्तर प्रयास भइरहेको छ। साथै उनले आफू प्रधानमन्त्री बनेपछि नेपालले मात्र नभई भारतले पनि नेपालको भूमि मिचेको विषय थाहा पाएको दाबी गरे।“म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको रहेछ,” प्रधानमन्त्री शाहले संसद्मा भने, “त्यसैले यो विषय दुई पक्ष बसेर छलफल गर्नुपर्छ।”प्रधानमन्त्री शाहले भूमि विवाद समाधानका लागि कूटनीतिक संवाद र टेबल टक नै उपयुक्त माध्यम भएको उल्लेख गरे। उनले यस विषयमा बेलायतसँग पनि छलफल गरिएको जानकारी दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक समन्वयमार्फत समाधान खोजिने बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
नेपालले पनि केही जमिन मिचेको छ : प्रधानमन्त्री शाहको संसद्मा दाबी | Global TV Khabar