लगातार दोस्रो जित निकाल्दै नेपाल समूहको शीर्ष स्थानमा

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले आज बिहीबार भुटानलाई ५१ रनले हराएको हो । पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो ।
भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइन् । भुटानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट हात पारिन भने रिया शर्माले दुई विकेट लिइन् । कविता कुँवर र मनिषा उपाध्यायले एकएक विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् ।
भुटानकी सोनाम र छिरिङ जाङ्मोले नेपाललाई सस्तैमा रोक्न तीन /तीन विकेट हात पारे । आफ्नो पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले हराएको नेपाल दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



