Global TV Logo
लोड हुँदैछ...

काभा महिला भलिबल खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

B
Binita Thapa
२०२६-०५-२४, ०३:५६ AM
होमपेज/समाचार
काभा महिला भलिबल खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

  जेठ १०- काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । 

नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको छ । नेपाल दुई खेलबाट ४ अंकसहित समूह बी को दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूहचरणबाट बाहिरिसकेको छ ।

 तुलानात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्ने घरेलु टोली नेपालको लक्ष्य छ । नेपालका पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर,दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । 

नेपाल रहेको समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको ७ अंक हुनेछ र सेमिफाइनल पुग्न यस समूहको अर्को खेलको नतिजा कुर्नुपर्ने छैन । नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यस पटक युवा खेलाडीको बाहुल्य छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com