Global TV Logo
लोड हुँदैछ...

एसिसी प्रिमियर कपमा नेपाल विजयी, कतार आठ विकेटले पराजित

B
Binita Thapa
२०२६-०६-०३, ०५:४२ AM
होमपेज/समाचार
एसिसी प्रिमियर कपमा नेपाल विजयी, कतार आठ विकेटले पराजित

 जेठ २० - मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै शानदार जित निकालेको हो । नेपालको जितमा विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन भने पूजा महतोले नटआउट २८ रन जोडिन् ।

मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा भएको खेलनमा टस जितेर पहिला बलिङ गरेको नेपालले कतारलाई १६ ओभर ५ बलमा ७६ रन बनाउँदा अलआउट गरेको थियो।

कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाउँदा कप्तान आयशाले १० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । कतारलाई सस्तैमा रोक्न नेपालका लागि रुविना क्षेत्रीले तीन विकेट हात पर्दा पूजा महतो, रिया शर्मा र कविता कुँवरले एकएक विकेट लिए ।

प्रतियोगितामा नेपालले बाँकी दुई खेल भुटान र हङकङसँग खेल्दैछ । भुटानसँगको खेल बिहीबार दिउँसो हुँदैछ भने हङकङसँगको खेल शनिबार बिहान हुँदैछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com