Global TV Logo
लोड हुँदैछ...

काभ्रेमा नेरोल्याक पेन्टको भव्य कार्यक्रम, १०० भन्दा बढी रंगकर्मीको सहभागिता

S
Sristi Thakuri
२०२६-०८-२३, १२:०२ PM
होमपेज/विशेष समाचार
काभ्रेमा नेरोल्याक पेन्टको भव्य कार्यक्रम, १०० भन्दा बढी रंगकर्मीको सहभागिता

काठमाडौं , भदौ ७ - जापानको प्रतिष्ठित पेन्ट ब्रान्ड नेरोल्याक पेन्ट को नेपालस्थित कम्पनी केएनपी जापान प्रालिले काभ्रे जिल्लाका रंगकर्मी तथा पेन्ट कन्ट्र्याक्टरहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पञ्चकन्या भोज, बनेपामा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी रंगकर्मी तथा पेन्ट कन्ट्र्याक्टरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रंगकर्मीहरूको योगदानको सम्मान तथा उनीहरूलाई थप प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न आकर्षक पुरस्कार तथा योजनाहरू सार्वजनिक गरिएको थियो।

कार्यक्रममा रु. ८,००० देखि रु. ११,२५,००० सम्मका नगद पुरस्कार वितरण गर्नुका साथै एक भाग्यशाली विजेतालाई १५० सीसी बजाज पल्सर मोटरसाइकल समेत प्रदान गरिएको थियो। कम्पनीका तर्फबाट  क्षेत्रीय बिक्री प्रबन्धक श्री टेकनाथ पौडेलले पुरस्कार तथा मोटरसाइकल वितरण गरे ।

कार्यक्रमकै अवसरमा केएनपी जापान प्रालिले रंगकर्मीहरूका लागि नयाँ “कलर मास्टर २०८३” तथा “चाडपर्व योजना २०८३” समेत औपचारिक रूपमा लन्च गरेको छ। यी नयाँ योजनाले रंगकर्मीहरूलाई थप प्रोत्साहन प्रदान गर्नुका साथै कम्पनीसँगको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कार्यक्रममा रंगकर्मी तथा कन्ट्र्याक्टरहरूले नेरोल्याक पेन्ट का उत्पादन, गुणस्तर, नयाँ योजना तथा बजारमा कम्पनीको उपस्थितिबारे जानकारी लिएका थिए। साथै, कम्पनी र रंगकर्मीबीचको सहकार्य, अनुभव तथा आगामी व्यवसायिक योजनाबारे समेत छलफल गरिएको थियो। 

रंगकर्मीहरूलाई आफ्नो व्यवसायिक यात्राका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्दै केएनपी जापान प्रालिले आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

काभ्रेका रंगकर्मीहरूसँगको विश्वास, सहकार्य र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धतासहित सम्पन्न कार्यक्रमले सहभागीहरूमा थप उत्साह र ऊर्जा प्रदान गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com