पोखरामा नवनिर्मित ‘कोसेली घर’ सञ्चालनमा
S
Sristi Thakuri२०२६-०८-१४, ०६:१६ AM

काठमाडौं , साउन २९ - पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’ को औपचारिक उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहकाबीच उक्त कोसेली घरको समुद्घाटन गरे । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताए । विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



