म्याक्स टाइगरको दशैं अभियानमा नौ जना बने यामाहा बाइक र स्कुटरका विजेता

काठमाडौँ, कात्तिक १५ - एउटा इनर्जी ड्रिङ्कको खरिदले मोटरसाइकल वा स्कुटर जित्ने अवसर दिलाउँछ भन्ने कुरा धेरैका लागि कल्पनाजस्तै लाग्न सक्छ। तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई यस्तै अवसर प्रदान गरिरहेको छ।
अभियानअन्तर्गत हालसम्म देशका विभिन्न क्षेत्रका नौ जना उपभोक्ता यामाहा मोटरसाइकल तथा स्कुटरका विजेता बनिसकेका छन् । दशैंलाई लक्षित गरी सञ्चालन गरिएको यस योजनाले उपभोक्तामाझ उत्साह थप्नुका साथै विभिन्न सहरमा पुरस्कार जित्ने खुसी पनि फैलाएको छ । सार्वजनिक गरिएको विजेता सूचीअनुसार सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर फौगाड स्कुटर र धनगढीका मोहन श्रेष्ठ मोटरसाइकलका विजेता बनेका छन् ।
यसैगरी, पछिल्लो पटक घोषणा गरिएका चार विजेतामा जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले भने यामाहा रे जेडआर स्कुटर आफ्नो नाममा पारेका छन् ।
कम्पनीले यस अभियानमार्फत उपभोक्तालाई ठूलो संख्यामा सवारीसाधन जित्ने अवसर उपलब्ध गराएको छ। योजनाअनुसार १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र थप १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । त्यसबाहेक एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारका रूपमा प्रोटोन कार प्राप्त गर्नेछन् । यसरी अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा समावेश छन्। तीमध्ये नौ वटा सवारीसाधनका विजेता घोषणा भइसकेका छन् भने अब २८ वटा सवारीसाधनका विजेता सार्वजनिक हुन बाँकी छन् । देशका विभिन्न भूभागमा रहेका उपभोक्ताले पुरस्कार जित्न सफल हुनुले अभियानको व्यापकता देखाएको छ। सुर्खेत, बनेपा, धादिङ, बुटवल र धनगढीदेखि जनकपुर, बिर्तामोड, धरान तथा वीरगञ्जसम्मका विजेताले योजनाप्रति उपभोक्ताको आकर्षण बढाएको देखिन्छ।
‘हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह’ भन्ने अवधारणासहित अघि बढाइएको म्याक्स टाइगरको यस अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर दिइरहेको छ। आगामी दिनमा बाँकी विजेताहरूको नाम सार्वजनिक हुँदै जाँदा अभियानप्रतिको चासो अझ बढ्ने अपेक्षा गरिएको छ।
यामाहा मोटरसाइकल र स्कुटरका विजेता घोषणा भइसकेको अवस्थामा अब सबैको ध्यान बम्पर पुरस्कारमा रहेको प्रोटोन कारतर्फ केन्द्रित भएको छ। आखिर २०२६ को यस दशैं धमाकामा कारको चाबी कसले हात पार्ला भन्ने प्रतीक्षा भने कायमै छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



