Global TV Logo
लोड हुँदैछ...

निस्कल राईको प्रधानमन्त्री बालेनविरुद्ध कडा आपत्ति: भारतसँग सीमा सम्बन्धी अभिव्यक्तिको “हिसाब” माग

S
Sristi Thakuri
२०२६-०६-०१, ०९:०५ AM
होमपेज/समाचार
निस्कल राईको प्रधानमन्त्री बालेनविरुद्ध कडा आपत्ति: भारतसँग सीमा सम्बन्धी अभिव्यक्तिको “हिसाब” माग

नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

उनले प्रधानमन्त्रीले “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने कुरा संसद्मा अभिलेखित हुनु गम्भीर र आपत्तिजनक भएको बताए। सत्ता पक्षका सांसदहरूले त्यसमा ताली बजाएको भन्दै उनले आत्मग्लानी हुनुपर्ने टिप्पणी पनि गरे।राईले प्रधानमन्त्रीले फेरि संसद्मै उभिएर नेपालले कहाँ–कहाँ भारतको जमिन मिच्यो भन्नेबारे “एक–एक इन्चको हिसाब” सार्वजनिक गर्नुपर्ने माग गरे। उनले यसलाई राष्ट्रिय स्वाभिमान र सुरक्षा सम्बन्धी संवेदनशील विषय भएको बताए।उनको प्रश्न थियो—यदि भोलि भारतले नेपालसँग जमिन फिर्ता मागेमा हामी कुन आधारमा के दिने?परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “क्रस बोर्डर अकुपेसन” सँग जोडेको प्रसङ्ग उल्लेख गर्दै राईले त्यसको पनि आलोचना गरे। जमिन मिचेको कुरा त्यस्तो परिभाषामा कसरी पर्छ भन्ने प्रश्न गर्दै उनले परराष्ट्र नेतृत्वप्रति व्यङ्ग्य गरे।समग्रमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व, राष्ट्रहितविपरीत र नेपालले उठाउँदै आएको सीमा दाबीलाई नै कमजोर पार्ने खालको भएको टिप्पणी गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com