Global TV Logo
लोड हुँदैछ...

न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता

S
Sristi Thakuri
२०२६-०९-१०, ०५:५५ AM
होमपेज/विशेष समाचार
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता

काठमाडौं  ,भदौ २५ - सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ । 

शंकर शंकर रजक नाम गरेका व्यक्तिले न्यायाधिश रेग्मी र अख्तियार प्रमुख राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गरेको छ । नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक पदाधिकारीहरूमाथि दुई तरिकाबाट महाभियोगको प्रस्ताव दर्ता हुने परिकल्पना छ । संविधानको धारा १ सय १ को १ मा प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । त्यस्तो प्रस्तावमा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुने व्यवस्था छ ।  त्यही धाराको उपधारा ५ मा कुनै पनि व्यक्तिले संवैधानिक पदाधिकारी विरुद्ध महाभियोगको प्रस्तावको सूचना दिन सक्छन् । कम्तीमा तीनजना सांसदहरूले त्यो उजुरी प्रमाणित गरेमा महाभियोग सिफारिस समितिले छानबिन गर्नसक्छ । त्यसपछि महाभियोगसम्बन्धी प्रस्ताव अघि बढ्न सक्छ । दोस्रो विकल्पका लागि पनि प्रतिनिधिसभाका एक चौथाइ सांसदहरूको हस्ताक्षर अनिवार्य हुनेछ । महाभियोगको सूचनामा समावेश भएका सर्वोच्च अदालतका न्यायाधीश रेग्मी प्रधानन्यायाधीशपछि तेस्रो वरियताका न्यायाधीश हुन् । अख्तियारका प्रमुख आयुक्त राई आगामी माघमा अवकाश हुँदैछन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com