Global TV Logo
लोड हुँदैछ...

ट्राफिक व्यवस्थापन सुधारका लागि अहिले उपयुक्त समय : एआईजी कार्की

S
Sristi Thakuri
२०२६-०६-०१, ०६:२७ AM
होमपेज/समाचार
ट्राफिक व्यवस्थापन सुधारका लागि अहिले उपयुक्त समय : एआईजी कार्की

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले ट्राफिक व्यवस्थापन सुधार र आधुनिकीकरणका लागि अहिले सबैभन्दा उपयुक्त समय भएको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले बजेटमार्फत ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएको र आवश्यक नीति तथा कानुन संशोधनको प्रक्रिया पनि अघि बढेकाले समयको मागअनुसार ट्राफिक प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।उनले ट्राफिक क्षेत्रमा प्रविधिको अभाव रहेको उल्लेख गर्दै डिजिटल प्रणाली विस्तार आवश्यक रहेको धारणा राखे । साथै, ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको योगदान महत्वपूर्ण रहेको भन्दै उनले ट्राफिक प्रहरीको प्रशंसा समेत गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com