नेपालमा भारतीय ब्रान्ड Zelio EV स्कुटरको आधिकारिक प्रवेश, काठमाडौंमा शोरुम खुल्दै

काठमाडौं , असोज २६ - भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड Zelio EV Scooter ले नेपाली बजारमा आफ्नो आधिकारिक उपस्थिति विस्तार गरेको छ। कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा शोरुम सञ्चालनमा ल्याउने तयारीसँगै नेपाली ग्राहकलाई विद्युतीय स्कुटर उपलब्ध गराउने योजना अघि बढाएको हो।
Go Green Business & Solution Pvt. Ltd. मार्फत नेपालमा प्रवेश गरेको Zelio EV ले आधुनिक प्रविधि, आकर्षक डिजाइन र किफायती विद्युतीय यातायातलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा उपलब्ध गराइने स्कुटरका मोडलअनुसार उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ तथा पर्याप्त स्टोरेज क्षमताजस्ता सुविधा समावेश छन्।
बढ्दो इन्धन खर्च र वातावरणमैत्री यातायातप्रतिको चासोलाई ध्यानमा राख्दै Zelio EV ले ग्राहकलाई कम सञ्चालन खर्चमा दैनिक आवागमनको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपाली बजारमा आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना पनि बनाएको जनाएको छ।
Zelio EV स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले आकर्षक खरिद योजना, फाइनान्स सुविधा, पुरानो सवारीसाधनसँग साटफेर (एक्सचेन्ज) तथा टेस्ट राइडको व्यवस्था उपलब्ध गराउने जनाएको छ। त्यस्तै, बिक्रीपछिको सेवा, मर्मतसम्भार, स्पेयर पार्ट्स र आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइने कम्पनीको भनाइ छ।
कम्पनीले आगामी दिनमा नेपालका विभिन्न प्रमुख सहर तथा बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै विद्युतीय सवारीसाधनलाई थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
Zelio EV को आधिकारिक शोरुम काठमाडौंको ज्ञानेश्वरमा रहेको छ। स्कुटरका विभिन्न मोडल, मूल्य, फाइनान्स योजना तथा टेस्ट राइडसम्बन्धी थप जानकारीका लागि ग्राहकले कम्पनीसँग सम्पर्क गर्न सक्नेछन्।
लोकप्रिय खबर
लोड हुँदैछ...


