Global TV Logo
लोड हुँदैछ...

एमालेमा अनुशासनलाई मुख्य हतियार बनाउन ओलीको जोड

S
Sristi Thakuri
२०२६-०९-२१, १०:५१ AM
होमपेज/राजनीति
एमालेमा अनुशासनलाई मुख्य हतियार बनाउन ओलीको जोड

काठमाडौं  , असोज ५ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता रोक्न नेताकार्यकर्तालाई सचेत गराएका छन्।

सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असहमति र बहस सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नभई सम्बन्धित कमिटीमै राख्न आग्रह गरे।

आन्तरिक विषय सार्वजनिक गर्दा पार्टीको प्रतिष्ठामा असर पर्ने र संगठन कमजोर हुने उनको भनाइ थियो। देश जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com