भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा
S
Sristi Thakuri२०२६-०८-१८, ०७:४२ AM

काठमाडौं , भदौ २ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आन्दोलनका क्रममा उठाइएका मागमध्ये कति पूरा भए, घाइतेको अवस्था कस्तो छ र भ्रष्टाचारमा संलग्नमाथि कारबाही कहाँ पुग्यो भन्नेबारे सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताइन्।सरकार भदौ २३ को बलिदानकै जगमा बनेको भन्दै उनले सहिद परिवार र घाइतेले कहिले न्याय पाउने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्नेमा जोड दिइन्।
सांसद खतिवडा जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा हुन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



