Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी बाढीको आठौँ दिन पनि उद्धार जारी, १ हजार २ सय ४ शव फेला

S
Sristi Thakuri
२०२६-०९-०३, ०५:५८ AM
होमपेज/समाचार
भोटेकोशी बाढीको आठौँ दिन पनि उद्धार जारी, १ हजार २ सय ४ शव फेला

काठमाडौं , भदौ  १८ - रसुवाको भोटेकोशीमा भदा १० गते गएको विनासकारी बाढीको आज आठौँ दिनपनि उद्धार तथा राहत कार्य जारी छ । 

भोटेकोशी बाढी विपत्तिको एक साता बितिसक्दापनि रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् । भोटेकोशी बाढीमा परी मृत्यु भएका १ हजार २ सय ४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म रसुवामा १ सय १५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३ सय ४८, नवलपरासी पूर्वमा २ सय १७ र नवलपरासी पश्चिममा २ सय २ शव फेला परेको छ ।

 फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण ४ हजार २ सय १६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ । बाढीमा परी ३ सय १ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढीका कारण घरबारविहीन भएका ३ हजार ४ सय ५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com