नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
S
Sristi Thakuri२०२६-१०-१६, ०३:१२ AM

काठमाडौँ , असोज ३० - नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै छ। यस अवसरमा काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल, मैतीदेवी, दक्षिणकाली र गुह्येश्वरीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
मन्दिर पुग्न नसक्ने भक्तजनले घरमै देवीको पूजा आराधना गरिरहेका छन्। धर्मशास्त्रका अनुसार कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ। उनको उपासनाबाट रोग, शोक, सन्ताप र भय नष्ट हुने धार्मिक विश्वास छ।
लोकप्रिय खबर
लोड हुँदैछ...

