खुला सीमाले सुरक्षा चुनौती थपियो, ३०६ प्रहरी इकाइ परिचालित : आईजीपी
S
Sristi Thakuri२०२६-०७-२४, १२:३२ PM

काठमाडौं , साउन ८ - नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खुला दक्षिणी सीमाका कारण लागुऔषध तस्करी, मानव बेचबिखन, साइबर ठगी, नक्कली मुद्रा, हुण्डी कारोबार तथा अन्य संगठित अपराधका चुनौती बढ्दै गएको बताएका छन् ।
शुक्रवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकीसहित ३०६ प्रहरी इकाइ परिचालन गरिएको जानकारी दिए ।
आईजीपी कार्कीका अनुसार गत आर्थिक वर्षमा सीमा क्षेत्रमा १ हजार ३ सय ६९ पटक अनुगमन, २ सय ९७ पटक गस्ती र १ हजार २ सय १ वटा संयुक्त गस्ती सञ्चालन गरिएको थियो। सीमा सुरक्षा थप प्रभावकारी बनाउन अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइने उनले बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



