Global TV Logo
लोड हुँदैछ...

महाधिवेशन लक्षित कांग्रेस इतर समूहको संगठनात्मक तयारी तीव्र

S
Sristi Thakuri
२०२६-०८-०२, ०७:१८ AM
होमपेज/विशेष समाचार
महाधिवेशन लक्षित कांग्रेस इतर समूहको संगठनात्मक तयारी तीव्र

काठमाडौं , साउन १७ - नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ । 

राष्ट्रिय भेलाको तयारीस्वरूप इतर समूहले ५ सय ५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न १६ वटा समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढाएको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिएका छन् । समितिहरूले भेला व्यवस्थापनदेखि राजनीतिक, संगठनात्मक र नीतिगत तयारीसम्मका जिम्मेवारी सम्हाल्नेछन् । 

व्यापक प्रतिनिधित्वसहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिन खोजेको छ । इतर समूहका नेताहरुले मूल आयोजक समितिको संरचनाले आफ्नो संगठनात्मक हैसियत पुष्टि गरेको दाबी गरेका छन् । राष्ट्रिय भेलाको तयारीका क्रममा समूहले राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, संगठनात्मक प्रस्ताव समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समितिलगायत विभिन्न विषयगत समिति गठन गरेको छ ।

 विशेषगरी विधान संशोधन मस्यौदा समिति गठनलाई इतर समूहले पार्टीको वर्तमान संरचना, विधान वा निर्वाचन प्रणालीबारे आफ्ना प्रस्ताव अघि सार्ने तयारीका रूपमा पनि हेरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com