Global TV Logo
लोड हुँदैछ...

परेवाभिर सडकखण्ड १२ घण्टा बन्द, यात्रुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह

B
Binita Thapa
२०२६-०९-०५, ०३:५४ AM
होमपेज/समाचार
परेवाभिर सडकखण्ड १२ घण्टा बन्द, यात्रुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह

भदौ२० - धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा शनिबार १२ घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेपछि हालसम्म एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मत तथा सुधारको काम गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार मर्मत कार्य चल्ने अवधिमा एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारीसाधनलाई उक्त खण्डमा आवतजावत गर्न रोक लगाइएको छ ।

सडक बन्द रहने समयलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीचालकलाई सम्भावित असहजताबाट बच्न वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।

मर्मत कार्य सम्पन्न भएपछि सडकमा यातायात सञ्चालन सहज बनाउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com