परियारको प्रश्न : गरिब र कमजोर वर्गको संरक्षण गर्न नसक्ने राज्यको औचित्य के ?

काठमाडौं , भदौ ६ - प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन ।
शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाए । अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गरे । बजेटले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पारे ।
राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठाबाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने बताए । यदि राज्यले महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि प्रश्न उठ्ने उनको तर्क छ । १५औँ–१६औँ शताब्दीको प्रबुद्ध युगदेखि परिकल्पना गरिएको न्यायपूर्ण राज्य निर्माणका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता उनले औंल्याए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



