Global TV Logo
लोड हुँदैछ...

वैद्यखानाको कारोबार बढेपछि पौडेल खुसी, ५ वर्षे रणनीति हुबहु कार्यान्वयन गर्न माग

S
Sristi Thakuri
२०२६-०८-०९, ०६:०४ AM
होमपेज/विशेष समाचार
वैद्यखानाको कारोबार बढेपछि पौडेल खुसी, ५ वर्षे रणनीति हुबहु कार्यान्वयन गर्न माग

काठमाडौं , साउन २४ - पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पूर्वस्वास्थ्यमन्त्री पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १ सय ५ बाट १ सय ५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका हुन् । आज सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी समेत व्यक्त गरेका छन् । सर्ने रोग ३० प्रतिशतले घटाउन राष्ट्रिय आयुर्वेद रणनीति तथा २० औषधिमा खुम्चिएको ३ सय ७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र जीएमपी सहित पुनर्जीवन दिन ५ वर्षे रणनीतिक योजना लागू गरिएको उनले स्मरण गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री पौडेलले विभिन्न ६ वटा मुख्य उपलब्धिहरु पनि सार्वजनिक गरेका छन् । यस्तै,उनले वैद्यखानाको प्रगति ५ वर्षे रणनीतिक योजनाकै प्रतिफल भएकाले हुबहु कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com