न्यायालयमा राजनीति छिराइयो : वर्षमान पुनको सरकारमाथि गम्भीर आरोप
S
Sristi Thakuri२०२६-०५-२०, ०९:२१ AM

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् । सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । साथै उनले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पारे । संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको पुनको टिप्पणी छ ।
साथै सांसद पुनले दुई तिहाई नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरुले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



