Global TV Logo
लोड हुँदैछ...

प्रकाशमान सिंह: विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न हुन्छ

S
Sristi Thakuri
२०२६-०९-१८, ०५:४० AM
होमपेज/राजनीति
प्रकाशमान सिंह: विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न हुन्छ

काठमाडौं  , असोज २ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन । 

लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन । उनले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने पनि बताएका छन । अदालतले न्यायिक विषयमा आफ्नो भुमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनको भनाई छ  । 

नेपालको संविधानले एउटा महाधिवेशनबाट अर्को महाधिवेशन साढे पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै सिंहले पार्टीले संविधानको भावना र मर्मअनुसार नै प्रक्रिया अघि बढाउने बताए । विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रलाई जोगाउन आफूहरु लागेको उनले बताएका छन । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com