Global TV Logo
लोड हुँदैछ...

नेपालको पहिलो आधुनिक सुरुङमार्ग उद्घाटनको तयारी पूरा

S
Sristi Thakuri
२०२६-०७-२६, ०६:२६ AM
होमपेज/विशेष समाचार
नेपालको पहिलो आधुनिक सुरुङमार्ग उद्घाटनको तयारी पूरा

काठमाडौं ,साउन १० - पालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलीदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ । 

आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ ।

 तर सुरुङभित्रको निकास मार्ग र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि यो आयोजनाको निर्माण शुरु गरेको थियो । सडक विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप नमुना अभ्यास गरिनेछ । 

यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com