वीरगन्जबाट पक्राउ परेका प्रसाईंविरुद्ध मुद्दा चलाउने तयारी

पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिएका हुन् । जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ । विभिन्न युट्युब च्यानल र वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ । प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् । हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन् । त्यस्तै, सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



