Global TV Logo
लोड हुँदैछ...

काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

B
Binita Thapa
२०२६-०८-२३, ०४:०६ AM
होमपेज/विशेष समाचार
काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

भदौ ७ - काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ । 

महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न विभागले निर्देशन दिएको हो । 

शिक्षा ऐन २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था आएकाले सूचना प्रकाशित गरिएको महानगर शिक्षा विभागका प्रमुख नवराज ढकालले जानकारी दिएका छन् । तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारेका छन् । 

यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय महानगरपालिकाले गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र सीमित र वास्तविकतामा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com