Global TV Logo
लोड हुँदैछ...

एमालेमा कार्यविभाजन टुंग्याउने तयारी, आज ओली निवासमा सचिवालय बैठक

S
Sristi Thakuri
२०२६-०५-२२, ०५:१० AM
होमपेज/राजनीति
एमालेमा कार्यविभाजन टुंग्याउने तयारी, आज ओली निवासमा सचिवालय बैठक

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि योे बैठक आज बस्न लागेको हो । जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी छ। बैठक अध्यक्ष ओली निवास गुण्डुमा बस्न लागेको हो। अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ। गत मंसिर २७–२९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो। फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न  केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो। यस पटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागहरू मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ। अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई  मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com