Global TV Logo
लोड हुँदैछ...

सुनसरीसहित मधेसको अवस्थाबारे प्रधानमन्त्री बालेनले बोलाए शीर्ष नेता

S
Sristi Thakuri
२०२६-०७-३१, १०:३४ AM
होमपेज/समाचार
सुनसरीसहित मधेसको अवस्थाबारे प्रधानमन्त्री बालेनले बोलाए शीर्ष नेता

काठमाडौं , साउन १५ - प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग समसामयिक राजनीतिक अवस्था तथा पछिल्लो समय केही जिल्लामा देखिएको तनावबारे छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफल विशेषगरी सुनसरीसहित मधेसका केही जिल्लामा उत्पन्न परिस्थितिको समीक्षा गर्दै त्यसको शान्तिपूर्ण र दीर्घकालीन समाधान खोज्ने विषयमा केन्द्रित रहेको जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, पूर्वमुख्यमन्त्री लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायत मधेसका विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको छ।

सरकारले मधेस क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे राजनीतिक तहबाट साझा धारणा निर्माण गर्दै संवादमार्फत समस्या समाधानको पहलस्वरूप उक्त छलफल आयोजना गरिएको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com