प्रधानमन्त्री बालेन शाह २० मिनेटमै संसद्बाट बाहिरिए, जवाफ दिएनन्
S
Sristi Thakuri२०२६-०७-१४, ०८:५८ AM

काठमाडौं, असार ३० – प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर बाहिरिएका छन्। उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि बैठकबाट बाहिरिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ मागिरहेका बेला सिंहदरबारस्थित संसद् भवन पुगेका शाहले सदनमा कुनै सम्बोधन गरेनन्।
गत जेठ १७ गते सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहसँग उक्त भनाइको आधार पेस गर्न वा माफी माग्न सांसदहरूले माग गर्दै आएका छन्।
आजको बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउने अपेक्षा गरिए पनि उनी कुनै प्रतिक्रिया नदिई बाहिरिएपछि विपक्षीको माग सम्बोधन हुन सकेन।
लोकप्रिय खबर
लोड हुँदैछ...



