Global TV Logo
लोड हुँदैछ...

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र न्यूयोर्क जाने तयारीमा

S
Sristi Thakuri
२०२६-०९-०४, ०५:५१ AM
होमपेज/राजनीति
यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र न्यूयोर्क जाने तयारीमा

काठमाडौं , भदौ  १९ - प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने तयारीमा जुटेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि आवश्यक तयारी अघि बढाइएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि न्युयोर्क जानेछन् । महासभामा नेपालले उठाउने विषयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चासो व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ । यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन स्वीकृति दिएको थियो । तर,रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिका कारण जलवायु संकटको विषयलाई महासभामा प्राथमिकताका साथ उठाउन प्रधानमन्त्री नै जानुपर्ने दबाब बढेको छ । सोहीअनुसार यसअघि नजाने भनिएका प्रधानमन्त्री फेरि जाने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणबारे सरकारको आधिकारिक निर्णय भने आईसकेको छैन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गए प्रधानमन्त्री बालेन्द्रको यो नै पहिलो विदेश भ्रमण हुनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com