Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्री सामाजिक सञ्जालमै सीमित : कप्तानगञ्ज घटनामा एमालेको आलोचना

S
Sristi Thakuri
२०२६-०७-३०, ११:१८ AM
होमपेज/विशेष समाचार
प्रधानमन्त्री सामाजिक सञ्जालमै सीमित : कप्तानगञ्ज घटनामा एमालेको आलोचना

काठमाडौं , साउन १४ - नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।

बिहीवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरे।

महरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानमाथि प्रहार हुने गरी विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने गतिविधि बढिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले यस्ता घटनामा सरकार मूकदर्शक बनेको आरोप लगाउँदै कप्तानगञ्जको प्रभाव विराटनगर, सप्तरी, वीरगञ्ज हुँदै काठमाडौंसम्म देखिन थालेको बताए।

देशको शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउन राजनीतिक घुसपैठ र षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गर्दै उनले सरकारले संवेदनशील ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। साथै, विगतमा यस्तै घटनामा नैतिक जिम्मेवारीको कुरा उठाउनेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने माग गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com