Global TV Logo
लोड हुँदैछ...

आज संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिने प्रधानमन्त्री शाह

S
Sristi Thakuri
२०२६-०६-१८, ०५:४० AM
होमपेज/विशेष समाचार
आज संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिने प्रधानमन्त्री शाह

काठमाडौँ, असार ३ - प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । 

संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री शाहले सरकारले सदनमा प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित दैनिक कार्यसूचीमा विनियोजन विधेयक २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ ।

 आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन् । आज प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा जवाफ दिने कार्यसूचीमा उल्लेख छ । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयका जवाफ दिने कार्यसूची रहेको छ । 

बैठकमा सभामुखले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकहरूमा सदस्यहरूले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । खर्च कटौतीको प्रस्ताव राख्ने २० जना सांसद रहेका छन् । आजै विनियोजन विधेयक २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यसलगत्तै अर्थ मन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com