Global TV Logo
लोड हुँदैछ...

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाँदै

S
Sristi Thakuri
२०२६-०९-२२, ०५:४१ AM
होमपेज/राजनीति
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाँदै

काठमाडौं  , असोज ५ -  प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री शाह ४ः१५ बजे कतार एयरवेजको उडानबाट न्युयोर्क जानेछन्। उनीसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायतको टोली रहनेछ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। न्युयोर्कमा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन्। यो उनको पहिलो विदेश भ्रमण हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com