श्रेयस अय्यर चम्किँदा पञ्जाब किंग्स को प्लेअफ आशा जीवित

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा पञ्जाब किङ्सले सानदार जित हात पारेको छ ।
श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनउको घरेलु मैदानमा गएराति भएको खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । पञ्जाबको जितमा नायक बनेका अय्यरले ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । प्लेअफ यात्राका लागि पञ्जाबले अब राजस्थान र मुम्बई इन्डियन्सको खेलको नतिजा कुर्नु पर्नेछ । राजस्थान विजयी भए पञ्जाबको आईपीएल यात्रा सकिने छ भने पराजित भएमा चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने अवसर पाउने छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



