रेडिसन होटलमा छापा, लुकाएर राखिएका १८४ ग्यास सिलिन्डर बरामद

काठमाडौं , साउन २८ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखेको फेला पारेको छ ।
विभागको टोलीले होटलमा अनुगमन गर्दा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी १८४ वटा भरिएका सिलिन्डर फेला पारेको हो । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन तीव्र बनाएको थियो । सोही क्रममा रेडिसन होटलमा ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको भेटिएको हो । उपभोक्ताले अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएपछि विभागले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।
उद्योग मन्त्रालयले पनि बजारमा पर्याप्त ग्यास हुँदाहुँदै कृत्रिम अभाव सिर्जना हुन नदिन होटल तथा व्यावसायिक प्रतिष्ठानमा निगरानी थप कडा बनाइने जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



