Global TV Logo
लोड हुँदैछ...

पहाड र हिमालमा वर्षा, तराईमा बढ्दो गर्मी

B
Binita Thapa
२०२६-०६-०७, ०३:३१ AM
होमपेज/समाचार
पहाड र हिमालमा वर्षा, तराईमा बढ्दो गर्मी

काठमाडौँ, जेठ २४- देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ । पहाडी र हिमाली क्षेत्रमा मौमस बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ । 

आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ । साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com