पूर्वी नेपालमा वर्षा कहर, पुल र हाइड्रो संरचनामा व्यापक क्षति

देशको पूर्वी क्षेत्रमा वर्षापछि आएको बाढीले क्षति पुर्याएको छ ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको हो । शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । बाढी–पहिरोले दर्जनौँ भौतिक संरचनामा क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिले याङवरक–१, लाम्बा खोलाका तीन परिवारको घर पूर्ण रूपमा बगाएको छ । मोहनलाल खवास, कविर खवास र गंगाप्रसाद बेघाको दुई तले घरहरू पहिरोले बगाएपछि उनीहरू घरबारविहीन बनेका छन् । तीनै परिवारका १३ जना सदस्य विस्थापित भएका छन् । बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल बगाएको छ । याङवरक गाउँपालिकामा सञ्चालित हाइड्रोपावरका संरचनाहरूमा समेत क्षति पुगेको छ । विभिन्न खोलानालामा रहेका झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुग्दा स्थानीय आवतजावत ठप्प भएको छ । यस्तै,पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । गएराति संखुवासभामा भारी वर्षा भएको छ । संखुवासभामा १ सय ६९ मिलीमिटर वर्षा भएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



