Global TV Logo
लोड हुँदैछ...

सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन राईको माग

S
Sristi Thakuri
२०२६-०६-०८, ११:०२ AM
होमपेज/समाचार
सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन राईको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताएका छन । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले प्रधानमन्त्री बालेन्द्र साहलेले आफ्नो भनाईको पुष्टि गर्नुपर्ने बताए । अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ छ । राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताए । उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गरे । उनले नेपाली भूमिमा सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री साहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिएका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com